काठमाडौं महानगरपालिका वडा नम्बर १६ को मतगणना साढे ९ बजेबाट सुरु हुने भएको छ। भर्खरै सम्पन्न सर्वदलीय बैठकले साढे ९ बजेबाट एकै ठाउँमा मतगणना सुरु गर्ने निर्णय भएको हो।
एक ठाउँमा मत गणना गर्ने र अर्को ठाउँमा मतपत्र मिलाउने निर्णय भएको छ। महानगरपालिकाको वडामध्येकै ठूलो सो वडामा २४ वटा मतदान केन्द्रमा मतदान भएको छ।
यहाँ २१ हजार २५ मतदाता रहेकोमा १० हजार ५ सय ३९ मत खसेको छ। २०७९ वैशाखमा भएको निर्वाचनमा विजयी कांग्रेसका मुकुन्द रिजालको मृत्यु भएपछि आइतबार उपचुनाव भएको हो।
वडाध्यक्षमा नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन्।
183
Shares

प्रतिक्रिया