सुदूरपश्चिम


दार्चुलाको दुहुँ गाउँपालिका-५ मा कांग्रेस विजयी

माओवादीको मत घटेर तेस्रोमा झर्‍यो
दार्चुलाको दुहुँ गाउँपालिका-५ मा कांग्रेस विजयी

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २१:२९, कञ्चनपुर

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवर ३ सय ७६ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरे। कांग्रेसका कुँवरले १८ मतान्तरले जित हासिल गरेका हुन्।

नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरे। यहाँ ८ सय ७७ मत खसेका थिए।

विगतको चुनावभन्दा नेकपा माओवादी केन्द्रको यो उपचुनावमा मत घटेको छ। माओवादीले जितेको वडामा तेस्रो स्थानमा खुम्चिन पुगेका छ।

०७९ को स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भएको थियो।

त्यसपछि रिक्त वडाध्यक्ष पदमा उपचुनाव भएको हो। माओवादीका भट्टले ०७९ को चुनावमा ५ सय ८२ मत ल्याएका थिए। त्यसबेला उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडाल थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad