जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ को मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ।
स्थानीय तहको उपनिर्वाचन अन्तरगत आज भएको मतदानमा ९५६ मत खसेकोमा हालसम्म ९०४ मत गणना भएको हो।
हालसम्मको गणनामा कांग्रेसका खम्ब बहादुर सिंहले ३२९, नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३१५ र नेकपा एमालेका डम्बर बहादुर घर्तीले २३७ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खत्रीले ७ मत पाएका छन् भने १६ मत बदर भएको छ।
741
Shares

प्रतिक्रिया