राजनीति


रोल्पामा घट्यो माओवादीको मत, रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी

रोल्पामा घट्यो माओवादीको मत, रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २१:११, काठमाडौँ

रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन्।

आइतबार भएको उपचुनावको मतगणना अनुसार उनी ६४३ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।

एमालेका बेमग पुनले ५३५ मत ल्याए। सो वडामा माओवादी केन्द्रका नरेशजंग सिंहले जम्मा ७० मत पाएका छन्। उनी तेस्रो स्थानमा रहे।

दुई वर्षअघिको स्थानीय चुनावमा यस पदमा कांग्रेसकै टंकबहादुर गुरुङले जितेका थिए। उनको निधन भएपछि उपचुनाव भएको हो।

त्यतिखेर तेस्रो भएको माओवादीका शिवलाल रोकाले २ सय ३ मत पाएका थिए।

यहाँ कांग्रेस र एमाले दुवै दलले मत बढाएका छन्। यसअघि कांग्रेसको मत ४८८ थियो भने एमालेको मत ४८० थियो। त्यतिखेर एमालेका उम्मेदवार बेगम पुन नै थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad