राजनीति


उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण : कांग्रेस

उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण : कांग्रेस

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:५३, काठमाडौँ

नेपाली कांग्रेसले उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन—२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ। आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ।’

‘शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु, देउवाले भनेका छन्, ‘मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नु हुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad