ग्लोबल


ट्रम्पले आफ्ना सम्धीलाई बनाए फ्रान्सको राजदूत

ट्रम्पले आफ्ना सम्धीलाई बनाए फ्रान्सको राजदूत

चार्ल्स कुसनर इभान्का ट्रम्पका पति जेरेड कुसनरका बुबा हुन्।


नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:५७, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त गरेका छन्।

चार्ल्स कुसनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुसनरका बुवा हुन्। सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिएका थिए।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, "कुसनर एक उत्कृष्ट व्यापारिक नेता र सम्झौताकर्ता हुन् जो हाम्रो देश र यसको हितको बलियो प्रतिनिधि हुनेछन्।"

दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले प्रशासनको महत्त्वपूर्ण पदमा आफन्तलाई रोजेको मानिन्छ।

फ्रान्सका लागि राजदूतका रूपमा चार्ल्स कुसनरको नाम घोषणा गर्दै ट्रम्पले उनीसँग काम गर्न पाउँदा उत्साहित भएको बताए।

ट्रम्पले भने, "हामी मिलेर हाम्रो सबैभन्दा पुरानो मित्र र ठूलो सहयोगी फ्रान्ससँग अमेरिकाको साझेदारीलाई सुदृढ गर्नेछौँ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad