राजनीति


कीर्तिपुरमा खस्यो साढे १९ हजार मत, ५ बजेसम्म कति पुग्ला?

कीर्तिपुरमा खस्यो साढे १९ हजार मत, ५ बजेसम्म कति पुग्ला?

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:५४, काठमाडौँ

स्थानीय तह उपचुनावअन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिकामा ६३ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार दिउँसो ३ बजेसम्म १९ हजार ३ सय ५ मत खसिसकेको छ।

यस पालिकाको वडा नम्बर १ र ४ मा पनि उपचुनाव भइरहेको छ। दुवै वडामा ७० प्रतिशत बढी मत खसेको कार्कीले जानकारी दिइन्।

‘मतदाता आउने क्रम जारी रहेकोले यसपटक राम्रै मत खस्ने अनुमान गरेका छौँ,’ कार्कीले नेपालखबरसँग भनिन्,‘प्राय: मतदानस्थलमा मतदाताहरू लाइनमै हुनुहुन्छ।’

साँझ ५ बजेसम्म लाइनभित्र प्रवेश गरिसकेका मतदाताले मत खसाल्ने पाउनेछन्।

कीर्तिपुर नगरपालिकामा ३१ हजार मतदाता छन्।

कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनसहित ८ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad