राजनीति


प्रचण्डले प्रधानमन्त्री बन्न हप्तैपिच्छे खबर पठाउँदै छन्, यो सरकार ३ वर्ष चल्छ : गगन

प्रचण्डले प्रधानमन्त्री बन्न हप्तैपिच्छे खबर पठाउँदै छन्, यो सरकार ३ वर्ष चल्छ : गगन

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १७:४७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार तीन वर्ष चल्ने बताएका छन्। 

कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले यही सरकारलाई इमानदारीपूर्वक तीन वर्ष लिएर जान कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन्।

तर, माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हप्तामा एकपटक प्रधानमन्त्री भइदिनुपर्‍यो भनेर खबर पठाउने गरेको दाबी पनि उनले गरे।

‘हाम्रो दुष्मन कोही छैन,’ उनले भने, ‘माओवादी र एमालेसँग पालैपालो सत्ता चलाइसकेका छौँ। अब यही सरकारलाई तीन वर्ष इमानदारीसाथ लिएर जान चाहन्छौँ। किनकि हामी सरकार तलमाथि गर्न चाहन्नौँ। हामी परिणाम दिन चाहन्छौँ। तर प्रचण्डले हप्तामा एकपटक खबर पठाउँछन्, लौन प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर।’

कांग्रेससँग प्रधानमन्त्री बन्ने तागत नभएर वा बन्न नआएर नबनेको नभई यो समय प्रधानमन्त्री फेर्नका लागि उपयुक्त नभएकाले त्यसतिर नलागेको दाबी पनि उनले गरे। 

अहिले देशलाई स्थिर सरकार दिने कुरा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad