राजनीति


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ९:४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। 

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ। 

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ। 

आजको मन्त्रिपरिषद् बैठकमा चीन भ्रमणबाहेक सरकारका अन्य नियमित काम/कारबाहीका विषयमा छलफल हुने सम्भावना पनि छ। 

आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad