राजनीति


ओलीलाई प्रचण्डले भने–मेरो पालामा भएका सहमति कार्यान्वयन भए भ्रमण सफल मान्न सकिएला

ओलीलाई प्रचण्डले भने–मेरो पालामा भएका सहमति कार्यान्वयन भए भ्रमण सफल मान्न सकिएला

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १७:११, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा भएका सहमति र समझदारी कार्यान्वयनको बाटोमा लैजान सकेमात्रै चीन भ्रमण सफल हुने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण जानुअघि सोमबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरेका थिए। उक्त छलफलमा उनले त्यस्तो सुझाव दिएको प्रचण्डको सचिवालयले जानकारी दियो। 

‘नेपाल–चीन सम्बन्धमा मेरो कार्यकाल र मेरो भ्रमणमा जुन विश्वासको वातावरण निमार्ण भएको थियो र जुन समझदारी बनेका थिए, त्यसको सही कार्यान्वयनको बाटोमा जान सकेमा तपाईंको भ्रमण सफल मान्न सकिएला,’ प्रचण्डले भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad