पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीन भ्रमणका विषयलाई लिएर प्रधानमन्त्री कपी शर्मा ओली दबाबमा देखिएको बताएका छन्।
आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जान लागेको प्रधानमन्त्री ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग
सिंहदरबारमा सुझाव लिन बैठक राखेको बैठकमा सहभागी भएका खनालले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सत्तारुढ कांग्रेस तयार नभएपछि दबाबमा देखिएको बताए।
कांग्रेसले ऋणमा कुनैपनि सहयोग नलिने बताएको छ। ‘कांग्रेसको दबाबले लोन लिँदै नलिने भन्ने ठाउँमा पुग्नुभएको छ,’ खनालले भने, ‘अहिले यस्तो खालको टेन्सन बोकेर जाने मान्छेलाई चाइनाले कसरी लिन्छ होला ?’
कांग्रेसले अहिले चीनबाट अनुदान मात्र लिन सकिने बताएको छ। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीसँग चीनसँग ऋण सम्झौतामा हस्ताक्षर नगर्ने प्रष्ट पारेका थिए। कांग्रेस तयार नभएपछि बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन्छ, हुँदैन भन्ने अन्योल छ।
सोमबार प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित थिए। बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा उपस्थित थिए।
Shares

प्रतिक्रिया