ad ad

राजनीति


राजीनामा दिएर आराम गर्न प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्ष राणाको सुझाब

राजीनामा दिएर आराम गर्न प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्ष राणाको सुझाब

नेपालखबर
चैत १, २०७६ शनिबार ११:४०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर आरम गर्न सुझाब दिएका छन्।

शनिबार रिपोटर्स क्लबको साक्षात्कारमा अध्यक्ष राणाले दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई आरामको खाँचो रहेको बताए।

 अध्यक्ष राणाले प्रधानमन्त्री ओली स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी भन्दै उनलाई राजीनामा दिन सुझाव दिएका हुन्।

‘स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन्’, उनले भने, ‘त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ। उहाँलाई अहिले आरामको खाँचो छ,  आराम गर्न दिऊँ।’

उनले सत्तारुढ नेकपानै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए। जनताले भारी मत दिएर पठाएको सरकारले जनअपेक्षाका कुनै पनि काम गर्न नसकेको भन्दै उनले सरकार असफल भएको बताए।

 अध्यक्ष राणाले विकेन्द्रीकरण गरेर नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार पुर्याएको पनि आरोप लगाए। ‘अहिले व्यापक भ्रष्टाचार बढेको छ। सरकारले काण्डैकाण्ड घटाएको छ’, उनले भने, ‘ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ।’

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि बेथिति र विसंगतिका विरुद्ध खबरदारी गर्न नसकेको आरोप लगाए।

उनले मुलुकको यस्तो अवस्थामा राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नको लागि दुई राप्रपाबीच एकता गरेको बताए। आफूहरुले सबै पक्षलाई स्वीकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने एजेन्डा लिएको उनको भनाइ थियो।

‘हामीले सबै पक्षलाई स्वीकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रको कुरा गरेका छौं’, उनले भने। हामीले संविधान जारी गर्दा पनि केही असहमति राखेका थियौं, खासगरी हिन्दूधर्मको बारेमा, हामीले यसको लागि संशोधन पनि हालेका थियौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .