राजनीति


शासकहरूको कमजोरीका कारण लोकतन्त्रको मूल्य, मान्यतालाई धुमिल बनाउन दिनु हुँदैन : राष्ट्रपति

शासकहरूको कमजोरीका कारण लोकतन्त्रको मूल्य, मान्यतालाई धुमिल बनाउन दिनु हुँदैन : राष्ट्रपति

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १८:१८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताएका छन्।

बुधबार शितल निवासमा आयोजित नेपालका निधी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरे।

समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई थियो।

उनले पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य भएको उल्लेख गरे।

‘संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न जनताको स्वतन्त्रताका लागि नेताहरुले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय छ। नेपाली जनता र अग्रज नेताहरुको ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ’ उनले भने, ‘सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउने आउन दिनु हुँदैन। यो कुरामा ध्यान दिनसके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधीजी लगायतका अग्रजहरुको सच्चा सम्मान हुनेछ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न र जनताको स्वतन्त्रताका लागि नेताहरुले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad