राजनीति


पुथाउत्तरगंगामा उम्मेदवारी फिर्ताबारे एमालेले भन्यो– उम्मेदवार दबाब र प्रभावमा पर्नुभयो

पुथाउत्तरगंगामा उम्मेदवारी फिर्ताबारे एमालेले भन्यो– उम्मेदवार दबाब र प्रभावमा पर्नुभयो

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १३:५०, काठमाडौँ

नेकपा एमालेले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ का वडाध्यक्षमा आफ्नो पार्टीबाट उम्मेदवार बनेका जीवन रोकाले दबाब र प्रभावमा परेर उम्मेदवारी फिर्ता लिएको दाबी गरेको छ। 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं रुकुम जिल्ला इन्चार्ज खेममान खड्काले यो क्षेत्र माओवादी केन्द्रको प्रभाव क्षेत्र भएकाले त्यसको दबाब र प्रभावमा परेर उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको दाबी गरे।

‘त्यो माओवादीको दबाब र प्रभाव भएको क्षेत्र हो,’ खड्काले भने, ‘भोलि अप्ठ्यारो पर्न सक्छ भनेर पनि उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हुनसक्छ।’

वडा नं २ निकै विकट रहेको र त्यस ठाउँमा राज्यको उपस्थिति पनि कमजोर रहेको उनको भनाइ छ। ‘जनाधारका हिसाबले हाम्रो संगठन त कमजोर नै हो तर त्यहाँ अराजनीतिक प्रकारका र दबाबयुक्त गतिविधि बढी हुन्छन्,’ खड्काले नेपालखबरसँग भने, ‘हामीले बल्लतल्ल जोगाएको संगठन पनि बेलाबेला परिवर्तन हुने केन्द्रका गठबन्धनका कारण अफ्ठ्यारोमा पार्ने गरेको छ।’

एमालेका उम्मेवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad