सभामुख देवराज घिमिरेले दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
सोमबार ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न लागि सानो गौचरण पुगेका सभामुख घिमिरेले ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारे महत्त्वपूर्ण योगदान दिएको धारणा राखेका हुन्।
संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा ढुंगानालाई आफूले लिएको उनको भनाइ थियो।
उनले भने, ‘प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने एउटा व्यक्ति हो। उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद सञ्चालन र संसदको भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अभिभावकको रूपमा सम्झिन्छु। उहाँ अरूलाई दुःख नहोस् भन्ने चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने एउटा राम्रो उदाहरण पनि हो। उहाँको मूल्य, मान्यता भनेको संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा हुनुहुन्थ्यो।’
Shares

प्रतिक्रिया