राजनीति


‘दमननाथ ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्ति’

‘दमननाथ ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्ति’

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १५:३९, काठमाडौँ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताएका छन्।

सोमबार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व. ढुंगानाका जीवनका विभिन्न आयामहरु रहेको बताए।

उनले स्व. ढुंगाना कानूनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भइ संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा बहस गरेको स्मरा गरे। उनले समन्वयकारी भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताए।

उनले भने, ‘उहाँका जीवनका विभिन्न आयामहरु छन्। कानूनी क्षेत्रको पनि एउटा राम्रो वरिष्ठ अधिवक्ता भएर संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा पनि बहस गर्नुभयो। मेरै इजलासमा पनि म जिल्ला न्यायाधीश हुँदा बहस गर्नुभएको थियो, काठमाडौंमा। सभामुखको हैसियतले संसदीय मूल्यमान्यता स्थापित गराउनु भयो। समन्वयकारी भूमिका निभाउनुभएको छ। पछिल्लो समयमा मानवअधिकारवादी व्यक्तिको रुपमा पनि काम गर्नुभयो। समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय छ।’

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व. ढुंगानाले समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गरेको योगदान स्मरणीय रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad