राजनीति


वरिष्ठ उपाध्यक्षको नेतृत्वमा आज चीन भ्रमणमा जाँदै एमालेका १५ जना नेता

वरिष्ठ उपाध्यक्षको नेतृत्वमा आज चीन भ्रमणमा जाँदै एमालेका १५ जना नेता

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ८:४५, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का १५ जना नेता आज चीन भ्रमणमा जाँदैछन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरु चीन भ्रमणमा जान लागेका हुन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा नेताहरु चीन भ्रमणमा जान लागेका एमाले स्रोतले जनाएको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जान लागेको हो। 

भ्रमण टोलीमा वरिष्ठ उपाध्यक्ष पोखरेल, एमाले सचिव लेखराज भट्ट, कानुन व्यवसायी सानुराज पोखरेल, एमाले कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन्।  

त्यसैगरी प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी पनि भ्रमण टोलीमा रहेका एमालेले जनाएको छ। 

चिनियाँ पक्षले ओलीको भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad