राजनीति


रक्षामन्त्री राईको स्पष्टीकरण : अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

रक्षामन्त्री राईको स्पष्टीकरण : अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १५:२८, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एक जना रथी आएको तर दलबलसहित अरू अमेरिकी सेना नेपाल आएको भन्ने कुरा सत्य नभएको बताएका हुन्।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गरेकी थिइन्।

उनले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रस्ट्याए।

मन्त्री राईले भने, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एक जना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा। त्यो भन्दा अर्को कुरा मलाई जानकारीमा छैन। मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ। तर उहाँ भ्रमणका लागि आउनुभएको हो। र अरू सेना पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन। त्यो होइन।’

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad