राजनीति


प्रधानमन्त्रीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी दीक्षित

प्रधानमन्त्रीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी दीक्षित

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १५:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा आज ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन्।

प्रतिष्ठानका सन् २०१० देखि सन् २०१७ ब्याचका एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस, डिएम, एमसीएच बीएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपीएस र पीएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीले दीक्षित गरेका हुन्।

भारतका शिक्षाविद् प्राडा ज्योतिर्मोय पलँ विषेश अतिथि रहेको उक्त कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी छन्।

कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad