राजनीति


ईश्वर पोखरेलको नेतृत्वमा एमाले टोली मंगलबार चीन जाँदै

ईश्वर पोखरेलको नेतृत्वमा एमाले टोली मंगलबार चीन जाँदै

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १२:२६, काठमाडौँ

सत्तारुढ नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा एमाले टोली मंगलबार चीन जान लागेको हो। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणको तयारी गरिरहेका बेला एमाले टोली चीन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

भ्रमण टोलीमा पोखरेलका अलवा एमाले सचिव लेखराज भट्ट, कानुन व्यवसायी सानुराज पोखरेल, एमाले कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटीलगायत छन्। 

पछिल्लो समय नेपालका राजनीतिक दलहरू लगातार जसो चीन भ्रमणमा गइरहेका छन्। हालै मात्रै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादीको टोली चीन भ्रमण गरेर फर्किएको थियो। 

केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेका नेतृत्वमा एउटा टोली चीन भ्रमणमा गएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad