कारोबार


कर्मचारीको उपदान तथा पेन्सन कोषको १ अर्ब ७० करोड रकम निक्षेपमा राख्दै राष्ट्र बैंक

कर्मचारीको उपदान तथा पेन्सन कोषको १ अर्ब ७० करोड रकम निक्षेपमा राख्दै राष्ट्र बैंक

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १२:२७, काठमाडौँ

कर्मचारीहरुको उपदान तथा पेन्सन कोषको रकम नेपाल राष्ट्र बैंकले निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्ने भएको छ। 

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७० करोड रुपैया ३ सय ६६ दिनका लागि निक्षेपमा राख्न लागेको हो। 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २५ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेपमा राख्न लागेको हो। 

निक्षेप लिन चाहने बैंकहरुले राष्ट्र बैंकको सीमामा रहेको आवेदन दिनुपर्नेछ। 

आवेदनका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम गरेको हुनुुपर्ने, खराब कर्जा ५ प्रतिशतभन्दा तल हुनुपर्नेलगायतका २३ वटा शर्तहरु पूरा गरेको हुनुपर्नेछ। 

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलका लागि २७ गतेसम्म आवेदन पेस गरिसक्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad