राजनीति


सहकारी होस् वा मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नैपर्छ : गगन थापा

सहकारी होस् वा मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नैपर्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १४:८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन विपरित काम गर्ने सबै जना प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सहकारी वा मानव तस्करीमा जनप्रतिनिधि नै संलग्न रहेको जुनसुकै प्रकरणमा गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताएका हुन्। 

पार्टीका पूराना नेता गणेशमान सिंहको जन्मजयन्ती समेत रहेको प्रसंग उल्लेख गर्दै महामन्त्री थापाले आफूहरूले गणेशमानबाट सोही कुरा सिकेको जिकिर गरेका छन्। 

विभिन्न प्रकरणमा सत्ताको नजिक-टाढा, नयाँ-पुरानो, भिड-टाकुरा, एक्लो-शक्तिशाली जे जस्तो भएपनि कानुन बराबर हुनुपर्ने र गल्ती गर्नेले सजाय भोग्नुपर्ने उनको भनाइ छ।

‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ,’ महामन्त्री थापाले भनेका छन्, ‘गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

साथै, उनले कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगबाट हेर्न नपाइने बताएका छन्। 

‘कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न पाइँदैन। यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो,’ थापाले भनेका छन्, ‘म यो मान्यतामा अटल विश्वास गर्छु।’

थापाले पार्टी सरकारमा हुँदा वा प्रतिपक्षमा हुँदा आफ्नो उक्त मान्यता र विश्वास नबदलिने पनि जिकिर गरेका छन्। 

‘त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकारमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन,’ थापाले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad