मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन

मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन

सन्तोष तामाङ
कात्तिक २४, २०८१ शनिबार १४:२९, हङकङ

मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन भएको छ।

भूतपूर्व भारतीय गोर्खा सैनिकसमेत रहेका मगरको शनिबार (नोभेम्बर ९ तारिख) निधन भएको हो।

उनको निधनप्रति लाङ्घाली कल्याण समाज हङकङले गहिरो दु:ख प्रकट गरेको छ।

लाङ्घाली कल्याण समाज हङकङका अध्यक्ष नीलम थापा मगर र महासचिव शिशिर पूर्वछाने मगरले जारी गरेको शोक वक्तव्यमा भनिएको छ- मगर संघ हङकङका अध्यक्ष तथा भूपू
भारतीय गोर्खा सैनिक यामबहादुर बुढाथोकी मगरज्यूको २०२४ नोभेम्बर ९ तारिख भएको असामयिक निधनको खबरले लाङ्घाली कल्याण समाज हङकङ दु:खी एवं मर्माहत भएको छ।

साथै वक्तव्यमा अध्यक्ष यामबहादुरप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .