ad ad

राजनीति


कोरोनाको आशंकामा क्यानडेली प्रधानमन्त्री र श्रीमती घरमै आइसोलेसनमा

कोरोनाको आशंकामा क्यानडेली प्रधानमन्त्री र श्रीमती घरमै आइसोलेसनमा

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १६:१८,

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडु र उनकी श्रीमती सोफी कोेरोना संक्रमणको आशंकामा ‘सेल्फ आइसोलेसन’ मा बसेका छन्।

सोफीलाई कोरोना संक्रमणको आशंका भएपछि उनको जाँचको रिपोर्ट नआएसम्म उनीहरु छुट्टै बस्न लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसैबीच, कोरोना (कोभिड–१९) प्रकोपकै कारण विभिन्न भेला सम्मेलन पनि रद्द गरिएको क्यानडाको सञ्चारमाध्यम सीबीसीले जनाएको छ।

‘लण्डनको एक कार्यक्रममा संबोधन गरेर भर्खरै फर्केपछि, प्रधानमन्त्रीपत्नी सोफीमा गतरातीदेखि हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखापरेको छ,’ त्यहाँको प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि उनी घरमै सेल्फ आइसोलेसनमा छन्। त्यसपछि उनमा देखिएका लक्षणमा केहि कमी आइसकेको छ।’

‘डाक्टरहरुले प्रधानमन्त्रीलाई स्व–अनुगमनमा रही आफ्ना दैनिक गतिबिधि जारी राख्न सुझाव दिएका छन् किनभने उनमा त्यस्ता कुनै लक्षण देखिएको छैन। तर, प्रधानमन्त्रीले सोफीको टेस्टको नतिजा नआएसम्म सेल्फ आइसोलेसनमा बस्ने र घरबाटै काम गर्न चाहेका छन्,’ समाचारमा भनिएको छ।

प्रधानमन्त्री कार्यालयको वक्तव्यमा उनले प्रान्तीय तथा क्षेत्रीय नेताहरुसँग यो स्वास्थ्यसमस्या समाधान गर्नेबारे फोनबाटै परामर्श गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .