ad ad

कारोबार


‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक

‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १६:११,

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ।

‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मूलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले रु ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधाको उपयोग गर्न सक्नेछन्।

उक्त मुद्दती खाता रु. २५ हजार देखी नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ ।

साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए रु. ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा रु. ५ लाख तथा औषधी उपचारको लागि रु. १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि रु. २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा रु. ८० हजार सम्मको बिमा सुबिधाको उपयोग गर्न सकिने छ। बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ। जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .