राजनीति


कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ११:२३,

गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए। सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए।

अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad