अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकले सम्पूर्ण तयारी पूरा गरिसकेकाले कोरोना भाइरसले समस्या ननिम्त्याउने दाबी गरेका छन्।
‘भाइरसले हामीलाई जित्न सक्दैन। हामीजति तयार र लचकदार अर्को कुनै मुलुक छैन,’ ट्रम्पले भने।
तर, भाइरसका कारण अमेरिकी जनजीवन प्रभावित हुन थालिसकेको छ। स्कुल बन्द भएका छन्। बास्केटलबल लिग बन्द स्थगित गरिएको छ।
भाइरस रोक्न ट्रम्पले ३० सम्म युरोपेली नागरिकलाई अमेरिका प्रवेश गर्न रोक लगाएका छन्। अमेरिकीहरुलाई भने आएपछि अनिवार्य क्वारेन्टाइनमा राखिने भएको छ।
तर, ट्रम्पको सम्बोधनपछि झनै दुविधा सिर्जना भएको भन्दै सेयर बजार थप ओरालो लागेको छ।
हाल अमेरिकामा कोरोनाबाट ३८ जनाको ज्यान गएको छ भने १ हजार ३ सय ३६ जना संक्रमित भएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया