राजनीति


कांग्रेस नेता शेर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख प्रकट

कांग्रेस नेता शेर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख प्रकट

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १०:१७,

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।

सभापति शेरबहादुर देउवाले पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको भन्दै शेर्माको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन्। बुधबार ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा शेर्माकाे निधन भएकाे हाे। 

स्वर्गीय शेर्मा विसं २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भूपू सांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए।

२०४८ अषाढ १२ गते राष्ट्रिय सभाको सांसद भएका स्वर्गीय शेर्मा २०५१ कार्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रियसभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार, २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति थिए।

विसं २०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कार्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित भएका थिए।

विसं २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताएका स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन बिताएका थिए।

पाँचथरको साराङडाँडा-७ निगालेमा विसं २००० असोज १२ गते जन्मेका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी छन्।

उनको पार्थिव शरीर भोलि फागुन ३० गते विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad