कामको खोजीमा विदेश जानेमध्ये प्रमुख गन्तव्य देश जाने नेपालीको संख्या घटेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२०’ले यस्तो देखाएको हो।
रिपोर्टअनुसार सन् २०१७/१८ मा मलेसिया, कतार, यूएई, साउदी अरेबिया र कुवेतमा मात्रै कुलमध्ये ९२ प्रतिशत नेपाली कामदार रहेका थिए तर उक्त वर्षको तुलनामा सन् २०१८/१९ मा भने उक्त दर चार प्रतिशतले घटेको देखिएको हो। उक्त वर्ष ८८ प्रतिशत कामदार ती देश गएको रिपोर्टले जनाएको छ।
पुरुष कामदारको तुलनामा महिला कामदारले केही फरक मुलुकलाई मुख्य गन्तव्य बनाएको पनि रिपोर्टले देखाएको छ। धेरै महिला जाने प्रमुख ५ गन्तव्य देशमा यूएई, कतार, मलेसिया, कुवेत र जोर्डन परेका छन्। ती देशमा सन् २०१७/१८ मा ७४ प्रतिशत नेपाली महिला रोजगारीका लागि गएका थिए।
तर सन् २०१८/१९ मा भने नेपाली महिलाले यूएई, कतार, साउदी अरेबिया, कुवेत र साइप्रस महिलाको प्रमुख ५ गन्तव्य बनाएकाे रिपोर्टले जनाएको छ। उक्त वर्ष ७७ प्रतिशत नेपाली महिला ती देश गएका हुन्।
तर रोजगारीका लागि विदेशिने महिलाको संख्या सानो भएको र पुरुष कामदार धेरै विदेशिने गरेका छन्।
प्रमुख गन्तव्य जाने कुल कामदार घटे पनि महिला कामदार भने बढेको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया