प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्।
मंगलबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। तर, हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताको कारण मन्त्रिपरिषद्को बैठक बसेको थिएन।
हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणसहितका ऐजेन्डामा छलफल हुने बताइएको छ।
48
Shares

प्रतिक्रिया