राजनीति


खबरदारी सभा सरकार बदल्ने अभियान होइन : हितमान शाक्य

खबरदारी सभा सरकार बदल्ने अभियान होइन : हितमान शाक्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १५:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले पार्टीले भ्रष्टाचारविरुद्ध गरेको खबरदारी सभा सरकार बदल्ने अभियान नभएको दाबी गरेका छन्। 

शनिबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा शाक्यले यस्तो बताएका हुन्। 

‘यो कुनै सरकार बदल्ने अभियान पनि होइन। यो आन्दोलन पनि होइन। खबरदारी सभा हो,’ शाक्यले भने। 

साथै, उनले प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रो कामहरूमाथि आक्रमण थालिसकेको दाबी गरे। उनले विद्युत् प्राधिकरण, विश्वविद्यालय, भ्रष्टाचारी विरोधी लगायतका अभियानमा अहिलेको सरकारले विरोधका काम गर्दै गएको बताए।

‘कमरेड प्रचण्चडले भ्रष्टाचारको विरोधी फाइल अघि बढाउनुभयो। यो देशको मूल समस्या भनेको भ्रष्टाचार हो यसको विरुद्धमा सम्पूर्ण फाइल उदांग पार्नुपर्छ भनेर अभियान चलाउँदै गर्दा सुई अहिले सरकारमा बसिरहेकै पार्टीतिर सोझियो र मुटुमा ढ्यांग्रोले ढोक्न थाल्यो। त्यहीँबााट सरकार परिवर्तन गर्ने काम सुरु भयो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad