उद्योगीसँग विद्युत् बक्यौता उठाउने विषयमा सरकार र नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद भइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले भने कुलमानको पक्ष लिएका छन्।
आज (शनिबार) काठमाडौँमा पार्टीले आयोनजा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता शेखरले कुलमानले चालेको कदम सही भएको बताएका हुन्।
‘अहिले कुलमानको इस्युमा सरकार अघि बढेको छ। अस्ति पनि बोर्डको बैठकमा कुलमाजी र मन्त्रीजीको कुरा मिलेन। अर्बौँको बक्यौताको कुरा छ। देशको परिस्थिति कस्तो छ भने ऋण लिएर देश चलिरहेको छ’, उनले भने, ‘सरकार भन्छ- तिमी अहिले बक्यौता नलेऊ, बक्यौता लिएन भने देश चल्छ कसरी, लिने हो कि होइन?’
513
Shares

प्रतिक्रिया