प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार स्वास्थ्य लाभपछि समीक्षा डिस्चार्ज भएकी हुन्।
डिस्चार्जअघि आफूलाई भेट्न आएकी समीक्षालाई प्रधानमन्त्री ओलीले मिर्गौला दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए।
फागुन २१ गते ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान गर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए।
प्रधानमन्त्री साेहि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् भने संग्रौला डिस्चार्ज भएकी हुन्।

प्रतिक्रिया