राजनीति


गगन थापा निकट भेषबहादुर पौडेल गण्डकीको स्वास्थ्यमन्त्रीमा नियुक्त

गगन थापा निकट भेषबहादुर पौडेल गण्डकीको स्वास्थ्यमन्त्रीमा नियुक्त

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १३:३, काठमाडौँ

लमजुङका भेषबहादुर पौडेल गण्डकी प्रदेशको वनमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई वनमन्त्रीमा नियुक्त गरेका हुन्। 

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) वनमन्त्री हुन नचाहेपछि यो मन्त्रालय खाली थियो। पौडेलको नियुक्तिसँगै गण्डकी सरकारले पूर्णता पाएको छ। पौडेल कांग्रेसभित्र महामन्त्री गगन थापा निकट मानिन्छन्। पौडेलको आजै साँझ शपथ हुने बताइएको छ। 

गण्डकीमा हाल ९ मन्त्रालय छ। जसमा कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एकजना मन्त्री बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad