सपोर्ट लघुवित्तले सेयरधनीलाई १४.५० प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्तावसम्बन्धी निर्णय गरेको हो।
आर्थिक वर्ष २०८०÷०८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १० करोड ७६ लाख १८ हजार ९ सय ४० रुपैयाँको १३.७७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ।
यसअनुसार लघुवित्तले कुल १ करोड ५६ लाख ४ हजार ४६ रुपैयाँ कुल लाभांश वितरण गर्नेछ।
सेयरधनीले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश पाउनेछन्।
24
Shares

प्रतिक्रिया