राजनीति


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १०:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। 

यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ। प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन्। 

यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो। सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो। 

त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad