राजनीति


रवि पक्राउबारे सरकारले भन्यो– यो त सुरुवात मात्र हो (भिडिओ)

रवि पक्राउबारे सरकारले भन्यो– यो त सुरुवात मात्र हो (भिडिओ)

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १६:४३, काठमाडौँ

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र भएको प्रतिक्रिया दिएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन्।

‘संंसदले गठन गरेको सर्वाधिकारसम्पन्न सर्वदलीय समितिले जुन प्रतिवेदन दिएको थियो,’ उनले भने, ‘त्यसलाई मन्त्रिपरिषद्ले स्वामित्व ग्रहण गरी कार्यान्वयनको अभियानमा लगेको छ। त्यस प्रतिवेदनले औँल्याएको व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने क्रमको यो त सुरुवात भएको मात्र हो।’ 

प्रतिवेदनमा औँल्याइएका अन्य व्यक्तिका हकमा पनि अब क्रमशः कारबाही अघि बढ्ने उनले जानकारी दिए।

लामिछानेलाई शुक्रबार पक्राउ गरी कास्की प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनी सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका हुन्। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad