राजनीति


चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १८:२८, काठमाडौँ

चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन्। शनिबार मध्यान्ह उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्। 

उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरू विमानस्थल पुगेका थिए। घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत छन्।

यसअघि उनले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गरेकी थिए। 

नेपाल भ्रमणका क्रममा उनले राजनीतिक व्यक्तित्वहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad