राजनीति


पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १७:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कडा प्रतिक्रिया दिएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्। 

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो! तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?,’ रविले प्रश्न गरेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने।’ 

साथै, लामिछानेले एउटा नेताको राजनीति जोगाउन दुई तिहाइ सरकार जोगाइदिनु आफू बलि चढ्नुपर्ने? भन्दै प्रश्न गरेका छन्। 

‘तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’, रविको प्रश्न छ। 

साथै, उनले आफूले भ्रष्टाचारी समाउन प्रधानमन्त्रीको अफर लत्याएको, तीनै भ्रष्टाचारी जोगाउन ओलीले रातारात विचौलियालाई साक्षि राखेको लगायतका विषय लेखेका छन्। 

‘ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो ।यो मलाई राम्रोसँग थाहा छ। तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।  तपाई्रहरूका  दलका  नेता कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन्। कोहि जेलमा छन् कोहि फरार छन्,’ उनले भनेका छन्। 

उनले सहकारी ठगलाई जोगाउन ओली नेतृत्वको सरकार लागेको र अब सहकारी पीडितको आवाजको नेतृत्व रास्वपाले गर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad