राजनीति


रास्वपा अनुशासन आयोगका उपप्रमुखले पदबाट दिए राजीनामा, पार्टीमा सक्रिय राजनीति गर्ने

रास्वपा अनुशासन आयोगका उपप्रमुखले पदबाट दिए राजीनामा, पार्टीमा सक्रिय राजनीति गर्ने

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १३:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका हुन्। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार उनले दसैँअघि नै राजीनामा बुझाएका थिए। 

उनको राजीनामा पनि पार्टीबाट स्वीकृत भइसकेको झाले नेपालखबरलाई बताए। 

उनका अनुसार, पार्टीको विधान अनुसार सक्रिय राजनीतिमा संलग्न रहनका लागि अनुशासन आयोगमा बस्न नमिल्ने व्यवस्थाका कारण न्यौपानेले पदबाट राजीनामा दिएका हुन्। 

‘पार्टीको विधान अनुसार अनुशासन आयोगमा रहेका व्यक्तिले प्रत्यक्ष दलको राजनीति गर्न सक्दैन। अनुशासन आयोगमा भएको व्यक्तिले राजनीतिक रुपमा कुनै पद वा अपेक्षा राख्न पाइँदैन,’ झाले भने।

रास्वपा अहिले महाधिवेशनको तयारीमा छ।

पार्टी महाधिवेशन हुनुभन्दा ६ महिनाअघि नै अनुशासन आयोगमा रहेको व्यक्तिले पदाधिकारी वा कुनै पदमा अपेक्षा राखेको खण्डमा कुलिङ पिरियड राखेर पद छाड्नुपर्ने व्यवस्था अनुसार न्यौपानेले राजीनामा दिएको झाले बताए।

‘अब अहिले हामी पार्टीको महाधिवेशनको तयारीमा छौँ। अनुशासन आयोगको मान्छेले पार्टीको केन्द्रीय पदाधिकारी वा कुनै पदको अपेक्षा राख्छ भने उसले ६ महिनाको कुलिङ पिरियड राखेर पद छाड्नुपर्छ,’ उनले भने, ‘महाधिवेशनमा उहाँ (यज्ञमणी पौडेल) ले कुनै पदमा अपेक्षित हुनसक्छु भनेर कुलिङ पिरियडको लागि राजीनामा दिनुभएको हो।’

न्यौपाने कानुन व्यवसायी पनि हुन्। स्थापनादेखि नै रास्वपामा सक्रिय हुँदै आएका न्यौपानेले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेका थिए।

अनुशासन आयोगका प्रमुख भरतमणी देवकोटा अमेरिका रहेको बेला कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेका देवकोटाले ढकाललाई स्पष्टीकरण सोधेका थिए।

पार्टीभित्र भएको छलफल अनुसार नै न्यौपानेले राजीनामा दिएको र अन्य कुनै समस्या नभएको झाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad