राजनीति


नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच जेनेभामा भेटवार्ता

नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच जेनेभामा भेटवार्ता

नेपालखबर
असोज ३०, २०८१ बुधबार ५:४४, काठमाडौँ

अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार भेट भएको हो।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने स्पष्ट पारे। दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको उनको भनाइ थियो।

सन् २०२२ मा चिनियाँ जनकङ्ग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसदको सहकार्यले एक अर्काका अनुभव आदान प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताए।

भेटमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष सुइजनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताए। 

दुई देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताए।

चीनले आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष सुइजनले बिआरआईमार्फत् सडक, रेल्वेलगायतका पूर्वाधार विकासका योजनामा सहयोग गर्न चीन इच्छुक रहेको बताए। 

भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad