नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अलिख (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन प्रक्रिया नै पुरा नगरी अनिश्चितकालसम्मका लागि स्थगित भएको छ।
उमेरहद लागू गर्ने या नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको हो। अध्यक्षका प्रत्यासी पवन कार्कीले दसैसम्मलाई सम्मेलन स्थगित गरिएको जानकारी दिए।
‘सम्मेलनको प्रक्रिया पुरा गर्न अझै ४र५ दिन लाग्ने देखियो,’ उनले भने, ‘दसैँ समेत आइसकेकाले अब हाललाई स्थगित गरेर पछि सुचारु गर्ने निर्णय भएको छ।’
यसअघि अखिल क्रान्तिकारीले बुधबारको बन्दसत्रलाई मात्रै स्थगित गर्दै बिहीबारदेखि सुरु हुने सूचना जारी गरेको थियो। तर, मुख्य विवादमै सहमति नजुटेपछि सम्मेलन स्थगित गरिएको कार्कीले बताए।
असोज १० गदेखि सुरु भएको सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद बढेपछि बन्दसत्र स्थलमै भफड र कुर्सी हानाहान भएको थियो।
माओवादीका शक्ति बस्नेतसहतिका नेताहरूले मिलाउने प्रयास गरे पनि त्यो सम्भव हुन सकेन।
दसैँपछि सम्मेलन कहिले हुने भन्ने मिति नतोकिएकाले अब सम्मेलन हुने या नहुने कुराको कुनै सुनिश्चिता नभएको सम्मेलनका प्रतिनिधिहरूले बताएका छन्।
Shares
प्रतिक्रिया