राजनीति


प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य खाना खान र हिँड्डुल गर्न थाले

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य खाना खान र हिँड्डुल गर्न थाले

नेपालखबर
फागुन २४, २०७६ शनिबार ११:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ।

बुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले शनिबार अपरान्ह जानकारी दिएको हो।

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए।

प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ। प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेका प्राडा खड्गाले जानकारी दिए।

प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ। उनको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य छन्।

सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँड्डुल गर्न थालिसकेको कार्यकारी निर्देशक खड्गाले जानकारी दिए।

१२ बवर्षअघि भारतको एपोल अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। पछिल्लो समय मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले डायलासिस गराउँदै आएका थिए।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad