ad ad

राजनीति


बंगलादेशका अन्तरिम सरकार प्रमुखसँग राजदूत भण्डारीको भेट, विद्युत् निर्यातबारे छलफल

बंगलादेशका अन्तरिम सरकार प्रमुखसँग राजदूत भण्डारीको भेट, विद्युत् निर्यातबारे छलफल

नेपालखबर
असोज १, २०८१ मंगलबार १९:३, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकार प्रमुख (मुख्य सल्लाहकार) मुहम्मद युनुससँग बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले भेटवार्ता गरेका छन्।

उनीहरूबीच मंगलबार साँझ ढाकामा भेट भएको हो।

भेटका अवसरमा राजदूत भण्डारीले सरकार प्रमुख बनेकामा युनुसलाई बधाई दिएका थिए।

त्यस्तै नेपाल–बंगलादेशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने र आर्थिक सम्बन्धलाई नवीकरण गर्ने विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ। 

व्यापार, पारवहन र कनेक्टिभिटीका क्षेत्रमा सम्भाव्यताको खोजी गर्नुपर्नेमा जोड दिँदै राजदूत भण्डारीले नेपाल र बंगलादेशबीचको  ‘विन–विन इन्टरप्राइज’का रूपमा ऊर्जा सहयोगमा जोड दिएका थिए।

त्यस्तै भारतीय प्रसारण लाइनमार्फत नेपालबाट बंगलादेशमा ४० मेगावाट जलविद्युत् निर्यातको प्रारम्भिक सुरुवात उपक्षेत्रीय स्तरमा ऊर्जा सहयोग अभिवृद्धिमा परिवर्तनकारी कदम हुने धारणा उनले राखेका थिए।

मुख्य सल्लाहकार युनुसले शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न जलविद्युतको प्रयोग गर्नुका फाइदाहरूमा जोड दिएका थिए। उनले दुई देशबीचको आपसी लाभकारी सहयोगलाई छिट्टै प्राप्त गर्नुपर्नेमा पनि जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .