ad ad

राजनीति


सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ : रवि लामिछाने

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ : रवि लामिछाने

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १७:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको बताएका हुन्।

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए। उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागिदार हुने उनले स्पष्ट पारे।

‘सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। पुष्टि भएको छ’ उनले भने, ‘अझैपनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ। मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त। चेक नै काट्ने होला नि।’

उनले आफूहरु सहकारी पीडतहरुको पक्षमा आवाज उठाइरहने दाबी पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .