ad ad

कारोबार


राष्ट्र बैंकको अनुमतिबेगर बैंक खाता रोक्का वा फुकुवा गर्न नपाइने

बैंक खाता रोक्का तथा फुकुवा व्यवस्थित गर्न राष्ट्र बैंकले ल्यायो विनियमावली
राष्ट्र बैंकको अनुमतिबेगर बैंक खाता रोक्का वा फुकुवा गर्न नपाइने

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १७:२२, काठमाडौँ

बैंक खाता रोक्का तथा फुकुवा गर्ने कार्यलाई व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ जारी गरेको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने कार्यलाई स्पष्ट तथा पारदर्शी बनाउनका लागि विनियमावली जारी गरेको हो। 

विनियमअनुसार बैंकका ग्राहकको खाता तीन प्रकारले रोक्का हुनेछ। सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरी तीन प्रकारबाट बैंकका खाता रोक्का गर्न सकिनेछ। 

विनियमावलीका अनुसार ग्राहकको सम्पूर्ण खाता रोक्का गर्दा इजाजतप्राप्त संस्थाहरुमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कारोबार गर्न नपाईने व्यवस्था छ भने निश्चित खाता रोक्कामा कुनै निश्चित बैंक वा वित्तीय संस्थामा रहको खाताबाट कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ।

यस्तै आंशिक खाता रोक्काअन्तर्गत भने ग्राहकको खातामा रहेको निश्चित रकम मात्रै रोक्का गरेर राख्न मिल्ने व्यवस्था गरिएको हो। 

राष्ट्र बैंकले खाता फुकुवा गर्नका लागि पनि राष्ट्रबैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो। तर अदालतबाट फुकुवा गर्नुपर्ने आदेश आएको खण्डमा भने राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .