ad ad

कारोबार


चार काेठे भवनबाट सुरु भएकाे चारतारे होटल एक्बेस्डर ४२ वर्षमा

चार काेठे भवनबाट सुरु भएकाे चारतारे होटल एक्बेस्डर ४२ वर्षमा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १४:५४,

एसीई होटल्सद्धारा सञ्चालित होटल एक्बेस्डरको तेस्रो पुःनरागमन तथा ४२ औं स्थापना सम्पन्न भएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा शुक्रबार सो कार्यक्रम भएको हो।

सेवा उद्योगको प्रतिष्ठित नाम एसीई होटल्सद्धारा सञ्चालित एम्बेस्डर काठमाडौंको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो। यसले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण शहरी सुविधा उपलब्ध गराउँदै आएको छ। यसमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ। होटलले सञ्चालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जावानीज खान मन पराउने माझ लोकप्रिय छ।

5D3_7612_sm.jpg

त्यक्ति मात्रै होइन होटलले आफ्ना पाहुनालाई काठमाडौंको बसाईमा स्वास्थ्य अझ सबल बनिरहोस् भनेर योगा तथा मुटु सुरक्षा बारे सचेतना कक्षा समेत सञ्चालन गर्ने गरेको छ। एसीई होटल अन्तर्गत क्लब हिमालयन र होटल एम्बेस्डर गरी दुई होटल सञ्चालनमा रहेका छन्। होटल एम्बेस्डरमा मात्रै करिब एक सय करोड लगानी भइसकेको र लगानी विस्तार गर्दै छिट्टै नै नयां हलहरु थप्ने योजना पनि बनाएको सञ्चालकहरुले बताएका छन्।

त्यस बाहेक पनि सिई कन्सट्रक्सनसंगको साझेदारीमा लुम्बिनी र नगरकोटमा होटल हब सञ्चालन गर्ने समझदारी गरिएको छ। होटल हब भनेको होटल मात्रै होइन त्यसमा अपार्टमेन्ट, सपिङ कक्प्लेकस, मुभि स्टेशनहरु पनि समावेश गरिएका हुन्छन्।

5D3_7593_sm_1.jpg

अहिलेको समृद्ध अवस्थासम्म आईपुग्ने होटलका संस्थापक बसन्तबहादुर शाक्य हुन्। उनले ४२ वर्ष पहिले नै पश्चिमा शैलीको अत्याधुनिक सुविधासम्पन्न ४ कोठे भवन बनाएकाथिए।

बसन्तबहादुरले घर भाडामा लगाउने उद्देश्यले लैनचौरको जमिनमा पश्चिमा शैलीको चार कोठे भवन बनाएका हुन्। त्यसबेला भवनमा व्यवस्थित शौचालय सहितका ठूला ४ कोठा थिए। ईटाको पर्खाल लगाएर घेरीएको घरमा सुन्दर बगैँचा र प्रसस्त जमिन पनि थियो। अत्याधुनीक सुविधासम्पन्न यस भवनमा पहिलो पटक बेल नामका बेलायती दुतावासका कर्मचारी भाडामा बसेका थिए। नेपालमा घर बनाएर छोटो समयका लागि भाडामा दिने युगको थालनी यहिबाट भएको हो।

होटल तथा सेवा उद्योगको अपार सम्भावना देखेपछि शाक्यले आफ्नो चार कोठे घरलाई दश कोठा विस्तार गरी १९७८ मा एम्बेस्डर होटलका नाममा दर्ता गराएका थिए। दर्तासँगै मुख्य भवनको दुवैतपर्फ थप संरचना पनि थप्दै लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .