ad ad

राजनीति


ओलीका कारण बालिकाहरूले न्याय पाएनन्, शुभकामना दिन सकिनँ : मेयर बालेन

ओलीका कारण बालिकाहरूले न्याय पाएनन्, शुभकामना दिन सकिनँ : मेयर बालेन

नेपालखबर
भदौ २९, २०८१ शनिबार २१:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण न्याय नपाएर बालबालिकाहरूले ज्यान गुमाउन परेकाले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन्। 

शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले बाल दिवसको शुभकामना प्रधानमन्त्री ओलीलाई टक्र्याउने बताएका छन्। 

‘पीडित बालिकाहरूले प्रम (खड्ग प्रसाद ओली) को कारण न्याय नपाएर  मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो सुभकामना स्वयं प्रम ज्युलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला,’ मेयर बालेनले लेखेका छन्। 

ओलीले पनि आजै दिउँसो मेयर बालेनलाई लक्षित गर्दै कडा टिप्पणी गरेका थिए। नेपाल बाल संगठनले आयोजना गरेको बाल दिवस विशेष कार्यक्रममा पनि सरिक भएका प्रधानमन्त्री ओली त्यसअघि कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका थिए। 

उक्त प्रशिक्षणमा ओलीले मेयर बालेनलाई ‘एउटा केटो’ को संज्ञा दिँदै प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिँदै मैदानमा उत्रन भनेका थिए।

लगत्तै साँझ मेयर बालेनले ओलीलाई जवाफ फर्काएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .