ad ad

राजनीति


बालेनलक्षित गर्दै कार्यकर्तालाई ओलीको निर्देशन– मनपरी बोल्ने केटो निस्कियो, सबै अस्त्र प्रयोग गर्नू

बालेनलक्षित गर्दै कार्यकर्तालाई ओलीको निर्देशन– मनपरी बोल्ने केटो निस्कियो, सबै अस्त्र प्रयोग गर्नू

नेपालखबर
भदौ २९, २०८१ शनिबार १५:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लक्षित टिप्पणी गरेका छन्। 

शनिबार स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मेयर बालेनको नाम नलिइ ‘एउटा केटो’ भन्दै कटाक्ष गरे। 

प्रधानमन्त्री ओली र नेकपा एमालेप्रति आक्रामक देखिँदै आएका बालेनप्रति कटाक्ष गर्दै ओलीले कार्यकर्ताहरूलाई मैदानमा उत्रन समेत आग्रह गरेका छन्। 

‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ। त्यसलाई चाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन। त्यो सँग जनमत छ’, ओलीले भने, ‘नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ।’

साथै, उनले मैदानमा निक्लिएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। 

‘के आशा गरेका? आफ्नै पनि कमजोरी छ। त्यसलाई चलायो आफ्नै कमजोरी निकाल्दियो भने। बरु त्यसलाई चलाउँदै नचलाउनु ठिक छ। कमजोरी छरपस्ट पारिदियो भने बर्बाद। निक्लिनु पर्‍यो नि मैदानमा, बोल्न पर्छ। आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ।’

ओलीले थपे, ‘देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भने, बोकेका बिरालाले मृग मार्‍यो भन्दै चलाइन्छ। त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले आफ्ना एउटा कार्यकर्ताले एउटा भोट तानेमात्रै पनि ४६ लाख भोट हुने बताउँदै कसरी २६/२८ लाख मात्रै भोट आएको भनी प्रश्न गरे। 

विसं १० सालतिरको साँढे कविताको प्रंसग झिक्दै कर्म नगरी कोही विजेता हुन नसक्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .