ad ad

राजनीति


स्वर्णिमलाई कारबाही नभएपछि मेटमणिले पनि देशद्रोही अभिव्यक्ति दिए : भीम रावल

स्वर्णिमलाई कारबाही नभएपछि मेटमणिले पनि देशद्रोही अभिव्यक्ति दिए : भीम रावल

नेपालखबर
भदौ २९, २०८१ शनिबार २२:१७, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले उच्च तहमा बस्ने कतिपयकै चरित्रका कारणले नेपालको स्वाधीनता र अखण्डतामाथि प्रहार हुन थालेको बताएका छन्।

एमालेमा पछिल्लो कम सक्रिय हुँदै आएका नेता रावल कूटनीतिका जानकार, कानुनका विद्यार्थी र राष्ट्रियताका सवालमा चर्को अभिव्यक्ति दिने नेताको रुपमा चिनिन्छन्। 

केहीदिनअघि मात्रै नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले उनीहरूले आफ्नै शपथविरुद्ध ‘विष वमन’ गरेको बताएका छन्। 

‘बाह्य शक्तिका सामु लम्पसार पर्ने सत्ताका उच्च तहमा बस्ने कतिपयको चरित्रले गर्दा खुलेआम नेपालको स्वाधीनता र अखण्डतामाथि प्रहार हुन थालेको छ। सांसद स्वर्णिम वाग्लेले नेपाललाई भारतमा मिलाउने कुरा गर्दा कुनै छानबिन र कारबाही नभएपछि सांसद मेटमणि चौधरीले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको भएको भन्ने देशद्रोही अभिव्यक्ति दिएछन्,’ रावलले भनेका छन्, ‘यस्ता देशद्रोही कुरा गर्नेहरूले देशको हित गर्ने शपथ विरुद्ध समेत विष वमन गरेका छन्। यस्ता देश विरुद्ध कुरा गर्नेहरूलाई सरकारले कानुन बमोजिम कारबाही किन नगरेको? कानुनको पालना किन नगराएको? देशको रक्षा र जनताको सुरक्षा गर्ने विषयमा सरकार किन उदासिन? जनतालाई जवाफ चाहियो।’

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले भने आफ्नो भनाइलाई तोडमोड गरेर विवादित बनाउन खोजेको आरोप लगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .